२०८२ जेष्ठ ५ गते सोमवार

शान्तिनगर गाउँपालिकाको बन्यो आफ्नै लोगो


दाङ, ६ फागुन । दाङको शान्तिनगर गाउँपालिकाले आफ्नो आधिकारिक लोगो तयार पारेको छ । गाउँपालिकाले तयार पारेको लोगो मंगलबार बसेको १७ औँ गाउँसभाले अनुमोदन गरेको हो ।

शान्तिगनगर–५ काँशिपुर निवासी विकास डाँगीले बनाएको लोगो गत माघ २९ गते बसेको १० औँ गाउँ कार्यपालिका बैठकले पास गरेको थियो । गाउँपालिकाले आफ्नो लोगो बनाउनका लागि गाउँपालिकाको सामाजिक, साँस्कृति, भौगोलिक लगायतका पक्षलाई समेटेर लागो बनाउन खुल्लारुपमा गत पुस १२ गते आव्हान गरेको थियो ।

प्रतिस्पर्धामा आएका ५ जनामध्ये डाँगीले बनाएको लागो कार्यपालिका बैठकले पास गरेको र मंगलबार बसेको गाउँसभाले अनुमोदन गरेको प्रमुख प्रशासकिय अधिकृत भेषराज चन्दले बताउनुभयो ।

शान्तिनगर गाउँपालिकाको नयाँ लोगोमा स्थानीय भूगोल, संस्कृति, पर्यावरण र विकासलाई झल्काउने प्रतिकहरू समेटिएका छन् । लोगोमा तराई, पहाड, नदी, पशुपालन, कृषिजन्य गतिविधि तथा ग्रामीण विकासका पक्षहरूलाई प्राथमिकतामा पारिएको छ ।

गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले लोगो गाउँपालिकाको पहिचानसँग जोडिएको बताउनुभयो । उहाँले अब यसको प्रयोग पालिका अन्तर्गतका कार्यालय तथा आधिकारिक कामकाजमा अनिवार्य गरिने जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ फाल्गुन ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस