
दाङ, २ फागुन । तुलसीपुरमा अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता गरिएको छ ।
राेटरी क्लब अफ तुलसीपुर सिटी र राेट्रयाक्ट क्लब अफ तुलसीपुरकाे संयुक्त आयाेजनामा अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता गरिएको हाे ।
राेटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष बिनिल केसीकाे अध्यक्षतामा कार्यक्रम भएको हाे । राेट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष किरण पुनकाे स्वागत मन्तव्यबाट सुरु प्रतियोगितामा तुलसीपुर उपमहानगरपालिकाका १६ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।
प्रतियोगिताकाे सञ्चालन राेटरी क्लब अफ तुलसीपुर सिटीका पूर्व अध्यक्ष तुफान बाबु श्रेष्ठले गर्नुभएको हाे ।
प्रतियोगितामा अमर इङ्लिस स्कुल १४० अंक प्राप्त गर्दै प्रथम स्थान हासिल गर्याे। विद्यालयले ट्रफी, प्रमाणपत्र, तथा नगद रु १०,००० प्राप्त गर्याे।
ज्ञानज्योति इङ्लिश सेकेन्डरी स्कुल ११० अंकसहित उपविजेता बन्दै प्रमाणपत्र तथा नगद रु ५,००० प्राप्त गर्याे।
त्यस्तै, तुलसी आवासीय मावि ९० अंकसहित तेस्रो स्थान हासिल गर्दै प्रमाणपत्र तथा नगद रु २,००० प्राप्त गर्न सफल भयो ।
कार्यक्रमको सहजीकरण राेट्रयाक्ट क्लब अफ तुलसीपुरका महासचिव सन्दिप भुसाल ले गर्नुभएको हाे ।