२०८२ असार ३ गते बुधवार

तुलसीपुरबाट हराएका रामजी चौधरीको खोजी गरिदिन आग्रह


दाङ, २९ माघ । तुलसीपुरबाट हराएका ७१ वर्षीय रामजी चौधरीको खोजी गरिदिन परिवारले आग्रह गरेको छ ।

तुलसीपुर–१० राईखलियान तुलसी बन्दना टोलका ७१ वर्षीय चौधरी माघ २६ गते बिहान ८ बजे घरबाट गाउँ डुल्न निस्केपछि बेपत्ता हुनुभएको हो ।

परिवारका अनुसार गहुँगोरो वर्ण, करिब ५ फिट उचाइ भएका चौधरीले खरानी रंगको सुरुवाल, नीलो रंगको ब्लाङ्केट ओढेको र चप्पल लगाएको अवस्थामा बेपत्ता हुनुभएको हो ।

खोजतलासका क्रममा उहाँ नवलपुर हुँदै पिरगाउँसम्म पुगेको जानकारी प्राप्त भए पनि हालसम्म अवस्था अज्ञात छ । यदि उहाँलाई कसैले देख्नु भएको वा फेला पार्नु भएको खण्डमा नजिकैको प्रहरी चौकी वा उहाँका जेठा छोरा बुद्धिराम चौधरी (मोबाइल : ९८६३८६९१८२ / ९८२२८०७५९६) मा सम्पर्क गरिदिनुहुन परिवारले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८१ माघ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस