२०८२ असार ३२ गते बुधवार

ग्वाटेमालामा बस दुर्घटना हुँदा ५५ जनाको मृत्यु


एजेन्सी– मध्य अमेरिकी देश ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीमा सोमबार एउटा बस पुलबाट खसेर दुर्घटना हुँदा ५१ जनाको मृत्यु भएको छ ।

यात्रुहरूले भरिएको बस सान अगस्टिन अकासाग्वास्टलान शहरबाट राजधानी जाँदै थियो ।

अग्नि नियन्त्रक अधिकारी एडविन भिल्लाग्रानले धेरै सवारी साधन एकअर्कासँग ठोक्किएपछि बस लगभग २० मिटर गहिरो नालीमा खसेको बताए । दुर्घटनापछि आधा बस नालीमा डुबेको थियो । त्यस कारण मानिसले बाहिर निस्कने मौका पाएनन् ।

सरकारी अधिकारीहरूका अनुसार दुर्घटना हुँदा बसमा लगभग ७० जना सवार थिए । ग्वाटेमालाका राष्ट्रपति बर्नार्डो अरेभालोले देशमा तीन दिनको राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ ।

ग्वाटेमालाका सञ्चारमन्त्री मिगुएल एन्जल डियाजले प्रारम्भिक अनुसन्धानबाट बस ३० वर्ष पुरानो भएको तर यसको काम गर्ने लाइसेन्सको म्याद अझै सकिएको नदेखिएको बताउनुभयो ।

प्रकाशित मिति : २०८१ माघ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस