२०८२ बैशाख ३० गते मङ्गलवार

भैसीको ठक्करबाट मोटरसाइकल दुर्घटना, चालक घाइते

गढवा, २७ माघ । दाङको लमही नगरपालिका वडा नम्बर ५ बयल डाँडामा मोटर साइकल दुर्घटना भएको छ ।

गढवा–लमही सडकखण्डको बयलडाँडामा भैसीले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परि गढवा ४ गढवा निवासी बर्ष २२ का राकेश कुमार यादव घाईते भएको पत्रकार आलोक भावुकले जानकारी दिनुभयो ।

लमहीबाट गढवा जानेक्रम दुर्घटना भएको चालक यादवले बताएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस