२०८१ चैत्र ८ गते शुक्रवार

तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु


दाङ, २७ माघ । तुलसीपुरको हात्तिखौवा चोक नजिकै ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर– ७ का ५६ वर्षिय जंग बहादुर चौधरी रहेको प्रहरीले जनाएको छ ।

घोराही–तुलसीपुर सडकखण्डको तुलसीपुर–६ हात्तिखौवा चोक नजिकै आइतबार दिउँसो ३ बजेतिर घोराहीतर्फ जाँदै गरेको ना ६ ख ५९२२ नम्बरको ट्रकले लु.प्र.०२–००१ प २८६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट मोटरसाइकलको पछाडि बसेका चौधरीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर–७ का ४७ वर्षिय तीर्थ बहादुर खत्री गम्भिर घाइते हुनुभएको छ ।

उहाँको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ का ४५ वर्षिय जयराम अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनापछि केहिबेर घोराही–तुलसीपुर सडक अवरुद्ध भएको थियो । अहिले सडक पूर्णरुपमा सुचारु भइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस