२०८१ चैत्र ८ गते शुक्रवार

तुलसीपुरमा १० वर्षिय बालकले भरूवा बन्दुक  चलाउदा भाइकाे मृत्यु


दाङ, २६ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका–३ ठुला सम्वामा खेल्ने क्रममा भरुवा बन्दुकले हानेर दाईले भाईकाे हत्या गरेका छन् ।

बुधबार बिहान करिब ११ बजेतिर पुस्कर खत्रीका १० वर्षीय छोरा शिशिर केसीले घर नजिकै खेल्ने क्रममा आफ्नै घरमा रहेको भरुवा बन्दुक चलाउँदा उनका ९ वर्षीय सहोदर भाई भुवन केसीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ६२ वर्षीय बाजे भुविन्द्र खत्रीले लोड गरी राखेको १ नाले भरुवा बन्दुक खेलाउने क्रममा घटना भएकाे हाे ।
घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक बिनोद राज खत्रीको कमान्डमा ७ जनाको टोली घटनास्थल पुगेको थियो।


प्रहरीले बाजे भुविन्द्र खत्री, घटनामा प्रयोग भएको भरुवा बन्दुक, फलामका ४ वटा गोली बरामद गरेकाे छ। घटनास्थल तुलसीपुर बजारदेखि करिब १५ किलोमिटर पश्चिममा पर्ने प्रहरीले जनाएको छ।
घटनापछि स्थानीयहरू स्तब्ध भएका छन्।

प्रकाशित मिति : २०८१ माघ २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस