२०८१ चैत्र ८ गते शुक्रवार

एचपीभी खोप अभियानलाई सफल बनाउन सरोकारवालालाई अभिमूखिकरण


सल्यान, २५ माघ । सल्यानको कपुरकोट गाउँपालिकामा एचपीभी (ह्युमन पापिलोमा भाइरस) खोप अभियानलाई सफल बनाउन अभिमूखिकरण गोष्ठी गरिएको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत डा. विनिता केसी, वडा नम्बर ४ का अध्यक्ष मित्रलाल कठायत, पत्रकार महासंघ कर्णाली प्रदेश सदस्य जितप्रसाद आचार्य, विद्यालयका शिक्षक तथा सञ्चारकर्मीहरूको उपस्थितिमा गोष्ठी गरिएको हो ।

अभियान अन्तर्गत गाउँपालिकाभरका १९ खोप केन्द्रमार्फत कक्षा ६ देखि १० सम्म अध्ययनरत करिब ८५० बालिकालाई खोप प्रदान गरिनेछ ।

गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले खोप अभियानको शुभारम्भ गर्दै पाठेघरको क्यान्सरबाट बच्न एचपीभी खोप प्रभावकारी हुने बताउनुभयो । स्वास्थ्य शाखा प्रमुख सुवास हमालका अनुसार अभियान माघ २९ देखि फागुन १ गतेसम्म सञ्चालन हुनेछ ।

स्थानीय तह, विद्यालय, अभिभावक र सञ्चार क्षेत्रको सहकार्यमा अभियानलाई सफल बनाउने उद्देश्य राखिएको छ । खोप केन्द्रहरूमा स्वास्थ्यकर्मी परिचालित गरिएको छ भने विद्यालयस्तरमै खोप दिने व्यवस्था गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस