
एजेन्सी – भारतको दिल्लीमा विधानसभा चुनाव सुरु भएको छ । दिल्लीका सबै ७० सिटमा बिहान सात बजेदेखि चुनाव सुरु भएको हो । आज भएको निर्वाचनको परिणाम ८ फेब्रुअरीमा सार्वजनिक हुने छ ।
निर्वाचनमा ६ सय ९९ जना उम्मेदवार छन् । निर्वाचनमा एक करोड ५६ लाख मतदाता सहभागी हुनेछन् । लगातार तीन वर्ष केन्द्र सरकारको नेतृत्व गरिरहेको भाजपा दिल्ली प्रदेशको सरकारमा भने २५ वर्षदेखि बाहिर छ ।
आम आदमी पार्टी सरकारको नेतृत्वमा आउनुअघि काँग्रेसले १५ वर्षसम्म दिल्लीको सत्ता चलाएको थियो । तर विगतका दुई निर्वाचनमा काँग्रेसले एक सिट पनि जित्न सकेको छैन ।
७० सिटमध्ये भाजपाले ६८ सिटमा उम्मेदवार उतारेको छ । दुई सिट भने उसले आफ्ना सहयोगी दललाई दिएको छ । उसका सहयोगी दल जनता दल युनाइटेड (जेडीयू) र रामविलाश नेतृत्वको लोक जनशक्ति पार्टी (एलजीपी–आर)लाई दिएको छ ॥
प्रकाशित मिति : २०८१ माघ २३ गते बुधवार