२०८१ फाल्गुन ७ गते बुधवार

सगरमाथा बालबाटिकामा फुड फेस्टिवल : विद्यार्थीले बनाएका परिकारको बिक्री


दाङ, २० माघ । तुलसीपुर–९ बेलुवामा रहेको सगरमाथा बालबाटिका इंगलिस बोर्डिङ स्कुलमा फुड फेस्टिवलको आयोजना गरिएको छ । फेस्टिवलमा विद्यार्थीहरूले विभिन्न परिकार बनाएर बिक्री गरेका छन् ।

विद्यार्थीको प्रयोगात्मक सिकाइलाई थप सशक्त बनाउन फुड फेस्टिबलको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक छविकुमार वलीले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीहरूलाई दैनिक जीवनमा आवश्यक पर्ने खाना पकाउने सीप सिकाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रम संयोजक शरद शर्मा मज्गैँयाले विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको बताउँदै यस्ता गतिविधिले उनीहरूलाई आत्मनिर्भर बन्न मद्दत गर्ने बताउनुभयो ।

फेस्टिवलमा विद्यार्थीहरूले नेपाली परिकारदेखि लिएर आधुनिक व्यञ्जनसम्म तयार पारी प्रदर्शन र बिक्री गरेका थिए । अभिभावक तथा विद्यालय प्रशासनले विद्यार्थीहरूको प्रयासको प्रशंसा गर्दै यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।

विद्यार्थीहरूको सिर्जनशीलता अभिवृद्धि गर्ने मात्र नभई व्यावहारिक ज्ञान हासिल गर्ने उत्कृष्ट माध्यम भएको प्रधानाध्यापक वलीले बताउनुभयो । यस्तै विद्यालयले उद्घोषण तथा पत्रकारिता तालिम पनि संचालन गरेको छ ।

तालिमको आज समान गरिएको छ । तालिमको प्रशिक्षकमा पत्रकार बसन्त पौडेल र जीतसागर जी.एम. रहनुभएको थियो ।

प्रकाशित मिति : २०८१ माघ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस