२०८२ बैशाख ३० गते मङ्गलवार

गुरुकुल एकेडेमी तुलसीपुरको प्रथम वार्षिकोत्सव


दाङ, १७ माघ । गुरुकुल एकेडेमी तुलसीपुरले बिहिबार प्रथम वार्षिक उत्सव मनाएको छ । तुलसीपुर–६, रजौरामा रहेको विद्यालयले पहिलो वार्षिकोत्सव आज एक भब्य समारोहका बिच मनाएको हो ।

गुरुकुल एकेडेमीका अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेको अध्यक्षता तथा राष्ट्रिय सभाका पुर्व सदस्य कोमल वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रमुख अतिथि वलीले शिक्षामा निजि क्षेत्रबाट सञ्चालित विद्यालयले गरिरहेको शैक्षणिक कार्यले सफलता प्राप्त गर्दै गएको भन्दै प्रशंसा गर्नुभयो ।

उहाँले विद्यालयले विद्यार्थीलाई किताबी ज्ञानका साथै संस्कार र संस्कृर्तिमा जोड दिएपनि पर्याप्त नहुने भन्दै अभिभावकको साथ र सहयोग पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो ।

उँहाले आफ्ना बालबालिकाहरुलाई अनावश्यक रुपमा पढाइको चाप दिन नहुने बताउनुभयो ।

गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले एउटा बालकलाई पुर्ण मानव बनाउने जुन लक्ष्य अनुसार संचालनमा ल्याइएको हो, सोही लक्ष्य पुरा गर्ने गरी शिक्षासंगै संस्कार र संस्कृर्तिमा जोड दिएर अध्यापन गरिरहेकोे बताउनुभयो ।

विद्यालयमा अहिले कक्षा ९ सम्म पठनपाठन भैरहेको र आगामी शैक्षिक शत्रबाट कक्षा १० समेत सञ्चालन हुने प्रधानाध्यापक गिरीले जानकारी दिनुभयो ।

यस्तै कार्यक्रममा विद्यार्थी सहित गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक डाक्टर कृष्णराज डिसी,एन प्याव्सन दाङका अध्यक्ष भोजराज न्यौपाने ,जेष्ठ नागरीक समुह दाङका सदस्य ललित बहादुर वली लगायतले विद्यालयले छोटो समयमै शिक्षाका क्षेत्रमा राम्रो प्रगति गरेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न पौराणिक नृत्य, विज्ञान प्रदर्शनी, नाटक,गित,लगायत विभिन्न कला प्रस्तुत गरेका थिए । विद्यालय संयोजक चिन्तना धितालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षकहरु बासुदेब योगी,श्रृजना बोहोरा तथा विद्यार्थीहरु मार्शल वली र सिमरन सुनारले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ माघ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस