२०८१ चैत्र ८ गते शुक्रवार

बालबालिकाहरुलाई पोषणयुक्त आहारा वितरण


दाङ, १७ माघ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ मा बालबालिकाहरुलाई पोषिलो आहारा वितरण गरिएको छ । अजरवैजान दूतावासको आर्थिक सहयोग र सेवा प्रतिष्ठान नेपालको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको सहकार्यमा पोषिलो आहारा वितरण कार्यक्रम गरिएको हो ।

२ वर्ष मुनिका विभिन्न कारणले कुपोषण भएका बालबालिकाहरु र उनिहरुको आमाहरुलाई उक्त पोषणयुक्त सामाग्री गरिएको थियो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ का स्वास्थ्य चौकी इन्चार्ज यज्ञ बहादुर डाँगीले कार्यक्रम तथा पोषिलो आहाराको महत्त्वको बारेमा उपस्थिति सम्पुर्ण बालबालिकाका आमाहरुलाई प्रष्ट पार्नुभएको थियो ।

उहाले स्थानीय सरकारले गर्नुपर्ने काम एउटा संस्था आएर गरेको भन्दै उच्च मुल्यांकनका साथ धन्यवाद समेत प्रदान गर्नुभयो । स्वास्थ्य स्वयंसेविका बुद्धी वालिका बस्नेतले पनि आफुहरु यस्ता काममा सधै लागिपर्ने भएकाले सधै यस्तै किसिमका सहयोग गरिरहन अनुरोध गर्नुभयो ।

आफु यस वडाको स्वस्थ्य स्वयंसेविका भएको नाताले उक्त आहारा सहि तरिकाले आफ्नो बालबालिकालाई खुवाउने, अन्य पोषिलो खाना बनाउने, पकाउने र कति मात्रामा खुवाउने भनेर जानकारी समेत गराउनुभयो ।

केही समस्या भए जति बेला पनि आफूसंग निर्धक्कसंग भन्न समेत अनुरोध गर्नुभयो । कार्यक्रममा संस्थाको तर्फबाट संस्थाका कोषाध्यक्ष प्रकाश केसी, कर्मचारी आशिष कार्कीले आ–आफ्नो महत्त्वपूर्ण सुझाब तथा भनाइहरु राख्नु भएको थियो ।
कार्यक्रमको सहजीकरण संस्थाका महासचिव केउलापति चौधरीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ माघ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस