२०८१ फाल्गुन ७ गते बुधवार

मोटरसाइकल दुर्घटना भइ १०० मिटर तल खसेका युवकको मृत्यु


सल्यान, १५ माघ । सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । कुमाख गाउँपालिका ७ तुरतुरेका २६ बर्षिय गोपाल डाँगीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

सोमबार साँझ दार्मा गाउँपालिका ४ मौलाहाल्ने बजारस्थित सडक खण्डमा रा ७ प ४५५८ नम्बको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो । मोटरसाइकल दुर्घटना भइ एक सय मिटर तल गएको थियो ।

दुर्घटनामा घाइते डाँगीको उपचारको क्रममा राती १० बजे जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो ।

शवको जाँच प्रकृति मुचुल्का लगायत अनुसन्धान कार्य सम्पन्न गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ माघ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस