२०८१ फाल्गुन ७ गते बुधवार

सल्यानमा भिरबाट लडेर महिलाको मृत्यु


सल्यान, १३ माघ । भिरबाट लडेर सल्यानमा एक महिलाको मृत्यु भएको छ । सिद्धकुमाख गाउँपालिका–२ का मोहन चलाउनेकी श्रीमती २६ वर्षीया जानकी चलाउनेको आज आइतबार बिहान भिरबाट लडेर मृत्यु भएको हो ।

घर नजिकैको जंगलमा गाईबाख्राको गोठालो गएको बेला घाँस काटने क्रममा उहाँ काला भिरबाट लड्नुभएको थियो । भिरबाट लडेर चलाउनेको टाउकोमा गहिरो चोट लागेको र उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताउनुभयो ।

चलाउने भिरबाट दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ । मृत्यु भएका चलाउनेको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा लगीयकोे र पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ माघ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस