२०८१ चैत्र ८ गते शुक्रवार

‘पक्की सडक बनाउँदै गरौँला, पहिले सडकमा हिँड्ने बालबालिका असल बनाऔँ’


दाङ, १२ माघ । तुलसीपुर–६ शिवशक्ति र तुलसीपुर–१२ चेतना टोलमा आयोजित ‘सुनौलो भविष्य’ कार्यक्रममा बालबालिकालाई असल र नैतिकवान बनाउन अभिभावकको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको छ ।

कार्यक्रममा दाङ भ्याली मावि तुलसीपुरका अध्यक्ष तिलक साहुले भन्नुभयो–‘पक्की सडक बनाउँदै गरौँला, तर पहिले सडकमा हिँड्ने बालबालिका असल बनाऔँ ।’

उहाँले बालबालिकाको व्यवहार र अनुशासनको विकासका लागि अभिभावकले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।

शिवशक्ति टोलका अध्यक्ष अर्जुन योगी र चेतना टोलका अध्यक्ष तुलाराम धामीले बालबालिकाको शिक्षा र नैतिक विकासमा अभिभावककै प्रयास निर्णायक हुने बताउनुभयो ।

कार्यक्रममा सहभागी स्थानीय महिलाहरूले पनि बालबालिकालाई असल नागरिक बनाउन अभिभावकले आफ्ना बानी व्यवहारमा सुधार गर्नुपर्ने र सकारात्मक उदाहरण प्रस्तुत गर्नुपर्नेमा जोड दिएका छन् ।

दाङ भ्याली मावि तुलसीपुरको सहकार्यमा रेडियो हाम्रो पहुँचले कार्यक्रम ‘सुनौलो भविष्य’ तयार पार्ने गर्दछ । कार्यक्रमले अभिभावक र समुदायलाई बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि उत्तरदायित्वपूर्ण बन्न प्रेरित गरेको अध्यक्ष साहुले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ माघ १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस