
रोल्पा, ८ माघ । रोल्पामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । रुन्टीगढी गाउँपालिका–६ डुब्रीङका अन्दाजी ७५ बर्षिय वृद्धा मनबुजा बिकलाई आज बेलुका पौने ५ बजेतिर बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।
बिकलाई घोराहीदेखि डुब्रिङ रोल्पाका लागि छुटेको रा १ ख २३५६ नम्बरको यात्रुबहाक बसले डुब्रिङको माथिको कानकुटे डाँडाको मोडमा ठक्कर दिएको हो ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी र ट्राफिक प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ ।
बिक रुन्टीगढी ८ कुर्जामा छोरीको घरमा बस्ने गरेको र आफन्तकोमा भोलीको शुद्ध शान्तिमा सहभागी हुन र वृद्धभत्ता पनि बुझ्न डुब्रीङ जाँदै गर्दा बसले ठक्कर दिएको हो ।
प्रकाशित मिति : २०८१ माघ ८ गते मङ्गलवार