
दाङ, ८ माघ । दाङमा करेन्ट लागेर ५ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा करेन्ट लागेर ५ जनाको मृत्यु भएको हो । अघिल्लो वर्ष करेन्ट लागेर मृत्यु हुनेको संख्या ४ जना मात्रै रहेकोमा यस वर्षको साउन यता मात्रै ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
यस्तै करेन्ट लागेर अंगभङ्ग हुनेको संख्या पनि उत्तिकै हुने गरेको छ । यद्यपि त्यसको विवरण भने प्रहरीसँग छैन् । विभिन्न ठाउँमा पोलहरु ढल्ने, रुखमा नाङ्गो तारले छुने, घरछेउमा रहेका नाङ्गो तारको व्यवस्थापन गर्न नसक्दा यस्ता घटना हुने गरेका छन् ।
विद्युत प्राधिकरण घोराही वितरण केन्द्रमा ढल्केका पोल र नाङ्गो तार व्यवस्थापनका लागि स्थानीयले निवेदन दिदा पनि कर्मचारीहरुले वास्तै नगरेको घोराही–१८ नवलपुरका विष्णुदेवी आचार्यको गुनासो छ ।
प्रकाशित मिति : २०८१ माघ ८ गते मङ्गलवार