
दाङ, ३ माघ ।
दाङमा स्कुटी दुर्घटना हुँदा एक जनाकाे मृत्युु भएकाे छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दुर्घटनामा परी तुलसीपुर-६ का २८ वर्षिय सुदीप चाैधरीकाे मृत्युु भएको हाे ।
दुर्घटनामा गम्भीर घाइते भएका चाैधरीलाई नेपालगन्ज लागिएको थियाे । उपचार सम्भव नभएपछि परिवारले राप्ती प्रादेशिक अस्पतालमा ल्याएकाे र डाक्टरले बिहीबार बिहान सवा १० बजेतिर मृत घाेषणा गरेकाे प्रहरीले जनाएको छ ।
बिजौरीबाट भेलहितर्फ जादै गरेको रा ८ प ३१७९ नम्बरकाे स्कुटी तुलसीपुर- १६ राउतगाँउमा गएराती दुर्घटनामा परेकाे हाे ।
तिब्र गतिमा रहेकाे स्कुटी आफै अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक बिनाेदराज खत्रीले जानकारी दिनुभयो ।
स्कुटी चालक तुलसीपुर-७ का २८ वर्षिय सुमन चाैधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : २०८१ माघ ३ गते बिहिवार