
दाङ, १ माघ । दाङमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भिर घाइते भएका छन् ।
घोराही–तुलसीपुर सडकखण्ड अन्तगर्त घोराही उपमहानगरपालिका–१० गुर्जेखोला नजिकै आज दिउँसो घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख ११५६ नम्बरको बसले विपरित दिशाबाट गइरहेको रा ७ प १२५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
बसको ठक्करबाट मोटरसाइकल चालक रुकुम पूर्वको भुमे गाउँपालिका–३ घर भई घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा बस्ने ४० वर्षिय जहरेलाल सुनार र मोटरसाइकलमा पछाडी सवार उहाँको भाउजु तुलसीपुर–४ का नरमकुमारी सुनार गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी अर्जुन प्रसाद तिमील्सिनाले जानकारी दिनुभयो ।
घाइते देवर भाउजु दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : २०८१ माघ १ गते मङ्गलवार