२०८१ फाल्गुन ६ गते मङ्गलवार

कपुरकोटमा कोशेली घरसहित कृषि मिनी ल्याब र चिस्यान केन्द्र संचालन


सल्यान, १ माघ । सल्यानको कपुरकोटमा कोशेली घरसहित कृषि मिनी ल्याब र चिस्यान केन्द्र संचालन गरिएको छ ।

गत शनिबार कृषि मिनी ल्याब, कृषक परामर्श सेवा केन्द्र, कोसेली घर, चिस्यान केन्द्र र ११ वटा सटरसहित तीनवटा भवनहरूको समुद्घाटन गरिएको हो ।

कपुरकोट कृषि हाट बजार सञ्चालन समिति अध्यक्ष तिलक शर्माले समुद्धघाटनसंगै कपुरकोट कृषि क्षेत्रलाई अझै सुदृढ बनाउने अपेक्षा गरिएको बताउनुभयो । स्थानीय कृषकहरूले नयाँ संरचनाले उत्पादनको संरक्षण, परामर्श सेवा, र बजार पहुँचमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिनिधि सभा सदस्य प्रकाश ज्वाला, प्रदेश सभा सदस्य भीम प्रकाश शर्मा, गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन, उपाध्यक्ष प्रकाश भण्डारी, वडा अध्यक्ष, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू लगायतको उपस्थितिमा समुद्धघाटन गरिएको हो ।

प्रकाशित मिति : २०८१ माघ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस