
बाँके, २९ पुस । बाँकेमा पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी कैलालीको धनगढी उपमहानगरपालिका–३ का ५० वर्षिय घमण्ड बहादुर शाही र धनगढी–१४ का ३६ वर्षिय रुपेश बस्नेतको मृत्यु भएको हो ।
दाङतर्फ आउँदै गरेको ना ८ ख ३३३ नम्बरको ट्यांकरले आज बिहान १० बजेतिर कोहलपुरतर्फ जाँदै गरेको भे ९ प ९५१७ को मोटरसाइकलाई पूर्व–पश्चिम राजमार्ग अन्तर्गत राप्तीसोनारी–१ सौरीमा ठक्कर दिएको हो ।
ट्यांकरको ठक्करबाट दुवै जनाको घटनास्थलमै मृत्यु भएको बाँके प्रहरीले जनाएको छ । ठक्कर दिने ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : २०८१ पुष २९ गते सोमवार