२०८१ फाल्गुन ६ गते मङ्गलवार

मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुई जना गम्भिर घाइते

दाङ, २८ पुस । तुलसीपुरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुई जना गम्भिर घाइते भएका छन् ।

दुर्घटनामा परी साइकलयात्री तुलसीपुर–१६ लहलौराका ४५ वर्षिय श्याम चौधरी र मोटरसाइकल चालक तुलसीपुर–१२ टरिगाउँका ३० दिनेश चौधरी गम्भिर घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता बिनोदराज खत्रीले जानकारी दिनुभयो ।

गम्भिर घाइते दुवै जनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

तुलसीपुर बजारतर्फ आउदै गरेको रा २ प ५१५२ नम्बरको मोटरसाइकलले आज राती पौने ८ बजेतिर एयरपोर्ट नजिकै विपरित दिशाबाट जाँदै गरेको साइकललाई ठक्कर दिएको हो । दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८१ पुष २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस