२०८१ फाल्गुन ७ गते बुधवार

रोल्पाबाट भालुवाङतर्फ आउँदै गरेको जिप दुर्घटना


दाङ, २८ पुस । प्यूठानमा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

भालुबाङ–प्यूठान सडकखण्डस्थित प्यूठानको माण्डवी गाउँपालिका–३ अरुणखोलानजिकै जिप अनियन्त्रित भई दुर्घटना भएको हो ।

रोल्पाबाट भालुबाङतर्फ आउँँदै गरेको भे १ ज ७३४ नम्बरको जिप अनियन्त्रित भई सडकको दायाँ भागको भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

प्रहरीका अनुसार जिपमा सवार चालकसहित १० जना घाइते भएको र उनीहरूको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८१ पुष २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस