२०८१ फाल्गुन ६ गते मङ्गलवार

विदेशमा अध्ययन पूरा गरेर फर्केपछि स्वदेशमै आँखा उपचार सेवा


दाङ, २० पुस । विदेशमा चार वर्षे अध्ययन पूरा गरेपछि तुलसीपुर निवासी दृष्टिविशेषज्ञ तुलसी गिरीले स्वदेशमै आँखा उपचार सेवा सुरु गर्नुभएको छ ।

भारतको चण्डीगढमा अध्ययन पूरा गरी स्वदेश फर्केका गिरीले तुलसीपुरको ‘ग’ लाइनमा अत्याधुनिक सुविधासहितको साइड आँखा उपचार केन्द्र तथा चश्मा पसल संचालनमा ल्याउनुभएको हो ।

तुलसीपुर–७ गणेशपुर निवासी गिरीले विदेशमा उच्चस्तरीय शिक्षा हासिल गरे पनि स्वदेशमै सेवा गर्ने उद्देश्यका साथ आफूले आँखा उपचार केन्द्र सञ्चालन गरेको बताउनुभयो ।

गिरीका अनुसार आधुनिक प्रविधिसहितको यो केन्द्रले दृष्टिसम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा प्रदान गर्नेछ । देश बाहिर सिकेको ज्ञान र सीपलाई आफ्नै भूमिमा प्रयोग गर्न आँखा उपचार केन्द्र संचालनमा ल्याएको उहाँले बताउनुभयो ।

नागरिकलाई गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन सहयोग पुर्‍याउने सोचका साथ आँखा उपचार केन्द्र संचालनमा ल्याएको उहाँका बुवा रमेश गिरीले बताउनुभयो ।

आँखा उपचार केन्द्र स्थापना भएकोमा स्थानीय उत्साहित भएका छन् । आँखा उपचार केन्द्रले तुलसीपुर र आसपासका क्षेत्रका नागरिकलाई उत्कृष्ट आँखा उपचार सेवा प्राप्त गर्न सहज बनाउने उहाँले बताउनुभयो ।

तुलसी गिरीको यो कदमले स्वदेशमै सेवा दिने सोच राख्ने युवा पुस्ताका लागि प्रेरणाको स्रोत बनेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले बताउनुभयो ।

आँखा उपचार केन्द्रको उद्घाटन गर्दै उहाँले युवा विदेश पलायनमात्र नभएको भन्दै विदेशबाट फर्केर पनि धेरै युवा आफ्नै व्यवसायमा जोडिने क्रम पनि धेरै रहेको बताउनुभयो ।

प्रकाशित मिति : २०८१ पुष २० गते शनिवार
प्रतिक्रिया दिनुहोस