२०८१ फाल्गुन ६ गते मङ्गलवार

दाङमा स्कुल बसको ठक्करबाट एक जना घाइते


दाङ, १८ पुस । दाङमा स्कुल बसको ठक्करबाट एक जना घाइते भएका छन् ।

आज बिहान १० बजेतिर तुलसीपुर–१९ बासगढीमा विद्यार्थी बोकेको रा १ क १४५५ नम्बरको बसले सडकमा काम गर्दै गरेका सल्यानको बागचौर नगरपालिका–२ का ६५ वर्षका रविलाल केसीलाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट घाइते भएका केसीको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस र बस चालक तुलसीपुर–.१७ मानपुरका ५७ वर्षका अर्जुन कुवरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ पुष १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस