२०८१ फाल्गुन ७ गते बुधवार

‘तिम्रो मायामा अन्धो भएछु’ गित सार्वजनिक


दाङ, १७ पुस । विगत लामो समयदेखि निरन्तर रूपमा नेपाली सांगीतिक क्षेत्रमा चम्किरहेका गणेश डाँगी गगनको नयाँ सांगीतिक कोसेली ‘तिम्रो मायामा अन्धो भएछु’ सार्वजनिक गरिएको छ ।

गणेश डाँगीले यसअघि दर्जनौं गीतमा स्वर सहित शब्द संगीत समेत गरिसकेका छन् ।

गणेश डाँगी गगन नामक युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा गणेश डाँगी गगन र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ भने एरेन्ज रेकर्ड मिक्सिङ हेमराज डाँगीले गरेका हुन्‌

यस गीतमा गणेशडाङ्गी गगनकै लय शब्द रहेको छ । दाङ सल्यान र रोल्पाको विभिन्न ठाउँमा छायांकन गरेको गीतमा गायक स्वयं गणेश र बिमला थापा मगरको अभिनय रहेको छ भने गीतमा निर्देशन गायक आफैले गरेका छन् कोरियोग्राफी सम्पादन र कलरको काम अभिषेक मल्लले गरेका छन् ।

क्यामरा र ड्रोन मित्रबाबुले चलाएका हुन् भने व्यवस्थापनको रुपमा सरोज रेग्मीले सहयोग गरेका हुन् ।

गीतको रेकर्ड मालिका स्टुडियो काठमाडौँमा गरिएको हो भने पोस्ट प्रोडक्सन स्मार्ट फिल्म स्टुडियोले गरेको छ ।

गीतमा रिदम मेघराज लुङ्गेली र बाँसुरीमा गोपाल देव र सारङ्गी हेमन्त कान्छा रसाइलीले बजाएका हुन् भने तिम्रो मायामा अन्धो भएछु बोलको यस गीतमा सुजन रेग्मीले पोष्टर आर्ट गरेका हुन् भने मिडिया सहयोगको रुपमा लक्ष्मीनारायण मिडिया प्रालि तुलसीपुर दाङ रहेको छ ।

प्रकाशित मिति : २०८१ पुष १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस