२०८३ मङ्सिर ३ गते बिहिवार

तुलसीपुरमा बालबालिकाको पोषण अवस्था जाँच गरिदै

दाङ, १७ पुस । तुलसीपुरमा बालबालिकाको पोषण अवस्था जाँच गर्न थालिएको छ । तुलसीपुर उपमहानगरपालिकले १५ हजार बालबालिकाको पोषण अवस्थाको निःशुल्क जाँच गर्न सुरु गरेको छ ।

गैह्र सरकारी संस्था बेससँगको सहकार्यमा १९ वटै वडामा रहेका ६ महिनादेखी ५९ महिनासम्मका १५ हजार बालबालिकाको शरीरमा भएको पोषण अवस्था जाँच गरिने अभियान सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार पौष्टिक आहारा कमी भएका बालबालिकालाई उपमहानगरले उपचार गर्ने छ । पोषण जाँचको एक समारोहका बीच आज वडा नम्वर १० बाट सुरु गरिएको हो ।

तुलसीपुरका नगर प्रमुख टिकाराम खड्काले शारीरिक र मानसिक रुपमा बालबालिकालाई स्वस्थ राख्न पौष्टिक आहारा कमी गर्न नहुने बताउनुभयो । पौष्टिक आहारा कमी भए कुपोषण लगाएतका प्राण घातक रोगले आक्रमण गर्ने भन्दै नगर प्रमुख खड्काले संभावित खतराको पहिचान गर्न पोषण जाँच गर्न थालिएको बताउनुभयो ।

वडाध्यक्ष यमराज केसीको अध्यक्षतामा भएको कार्यक्रम तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र डाँगी,स्वास्थ्य शाखाका पौष्टिक फोकल पर्सन विमल केसी लगाएतकाले पौष्टिक सचेतना सबै आमामा पुग्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०८१ पुष १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस