२०८२ बैशाख ३० गते मङ्गलवार

हातेमालोको सहकारी शिक्षा प्रशिक्षण

दाङ, १३ पुस । घोराहीमा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाले आज सहकारी शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष भगवति शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको प्रशिक्षकमा जिल्ला सहकारी संघ दाङका महासचिव शुक्रराज भण्डारी रहनुभएको थियो । कार्यक्रममा शेयर सदस्य तथा सञ्चालक समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

त्यसअबसरमा प्रशिक्षक भण्डारीले सहकारी अर्थ र अवधारणा लगाएत विभिन्न विषयहरुमा सहभागिहरुलाई प्रशिक्षण गराउनुभएको थियो । उहाँले जुनसुकै उत्पादनमा जोडिदा आर्थिकपार्जनमा टेवा पुग्ने बताउनुभएको थियो ।

सहकारीमा जोडिनु भनेकै उत्पादनमा मुलक कार्यमा सफलता प्राप्त गर्नु रहेको भन्दै उहाँले सहकारीमा गरेको थोरै बचतले पनि भोलीको दिनमा आउने समस्या समाधान गर्न सकिने भएको हुँदा बचत गर्ने बानिको विकास हुनु राम्रो पक्ष भएको उहाँको भनाई रहेको थियो ।

ऋण लगानि गर्दा सदस्यहरुले उत्पादन मुलक क्षेत्रमा लगाउँदा सहकारीबाट जिवन बदल्न सक्ने उहाँले बताउनुभयो । हातेमालो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भगवति शर्माले प्रशिक्षण कार्यक्रमको समापन गर्दै पछिल्लो समय देशमा लगानि गर्ने बातावरण कमजोर बन्दै गईरहेकाले धेरै जसो यूवाहरु बैदेशिक रोजगारमा जाने गरेको बताउनुभयो ।

संस्थामा बचत धेरै र लगानि कम भएको हुँदा ऋण परिचालन गर्नै समस्या हुने गरेको उहाँको भनाई छ । यसलाई व्यवस्थित गर्दै लैजानको लागि सबैको साथ सहयोग आवश्यक रहेको बताउनुभयो ।

प्रकाशित मिति : २०८१ पुष १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस