२०८२ असार ८ गते सोमवार

रोल्पामा ट्‌याक्टर दुर्घटना हुदाँ एक जनाको घटनास्थलमै मृत्यु


रोल्पा, ७ पुस । रोल्पामा ट्‌याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी माडी गाउँपालिका ६ काजवाङ तेराका ३९ वर्षीय लक्ष्मण दमाइको मृत्यु भएको हो ।

उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक रोहित कुमार शाहीले जानकारी दिनुभयो ।

माडी गाँउपालिका वडा नम्बर ६ हान्निङ स्थित भित्रि सडक खण्डमा हान्निङदेखि मेलडाडाँतर्फ बालुवा लिएर जादै गरेको रा ४ त ८६१ नम्बरको ट्‌याक्टर ओरालो बाटोमा ब्रेक फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

ट्‌याक्टर सडक देखि करिब ३ सय मिटर तल खसेको छ । ट्‌याक्टर चालक दाङको घोराही उपमहानगरपालिका- ८ का २६ वर्षीय राजेश चौधरी सकुशल रहेको र चौधरीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८१ पुष ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस