
दाङ, ६ पुस । दाङको तुलसीपुर-५ जबरपुरमा माघ महोत्सव आयोजना हुने भएको छ । थारू समुदायको संस्कृति, रीतिरिवाज, र परम्पराको संरक्षण र सम्वद्र्धनका लागि माघ महोत्सव हुन लागेको आयोजकले जनाएको हो ।
थारु कल्याणकारिणी सभा दाङ देउखुरी क्षेत्र नंम्बर ३ र नमुना भूह्याँर थानको संयुक्त आयोजना तथा महटावा महासंघ तुलसीपुरकोे सहआयोजनामा माघ महोत्सव आयोजना हुने भएको छ ।
थारु कल्याणकारिणी सभा दाङ देउखुरी क्षेत्र नंम्बरका अध्यक्ष मोहन कुमार थारु (धरकट्वा) ले परापूर्व कालदेखि रही आएको थारुहरुको महत्वपूणर् ऐतिहासिक संस्कार र संस्कृति संरक्षण गर्नको लागि महोत्सवको आयोजना गरिएको बताउनुभयो । थारु भाषा संस्कृति भेष भुषा हमार पहिचान, संरक्षण सम्बद्र्धन ओ विकास कर्ना हमार अभियान भन्ने मुल नाराका साथ महोत्सवको आयोजना गर्न लागेको उहाँले जानकारी दिनुभयो ।
महोत्सवका अवसरमा पुस २३ र २४ गते विशेष कार्यक्रमहरूको आयोजना गरिने छ । २३ गते धुमरु गीतको प्रस्तुति हुनेछ भने २४ गते सांस्कृतिक कार्यक्रमको आयोजना गरिने थारु कल्याणकारिणी सभा क्षेत्र नंम्बर ३ का सचिव जितेन्द्र चौधरीले जानकारी दिनुभयो ।
तुलसीपुर-५ जबरपुरमा रहेको नमुना भूह्याँर थान संरक्षण समितिका अध्यक्ष रामशरण चौधरीले थारू समुदायको पहिचानसँग जोडिएको गीत, रीतिरिवाज, चालचलन र भाषाको संरक्षणका लागि महोत्सवको आयोजना गरिने बताउनुभयो । उहाँले पछिल्लो समय थारू समुदायको परम्परा र संस्कृति विस्तारै हराउँदै गएकोले त्यसको संरक्षण र सम्वर्धनका लागि यो महोत्सवको आयोजना गरिएको जानकारी दिनुभयो ।
यसैबिच महोत्सवलाई सफल बनाउन विभिन्न उपसमितिहरु गठन गरिएको छ । आर्थिक संकलन समितिमा इन्द्रजित थारु, नारायण चौधरी, आशा चौधरी, गणेश चौधरी, लोकजन चौधरी, श्रीराम चौधरी, श्रमलाल चौधरी, दिल्लु चौधरी र लाल बहादुर चौधरी रहेका छन् । पाहुना सत्कार समितिमा जिवराज चौधरी, बासुदेव चौधरी, शम्भु प्रसाद चौधरी, कमला चौधरी, जगधनी चौधरी र छोटिलाल चौधरी रहेका छन् । मञ्च व्यवस्थापन समितिमा अर्बिन चौधरी, कुमार चौधरी, शंकर चौधरी, नन्दलाल चौधरी र सुर्दशन चौधरी रहनु भएको छ ।
यसैगरी, सांस्कृतिक व्यवस्थापनमा मोहन चौधरी, मन कुमारी चौधरी, सुनिता चौधरी र अनिता चौधरी, प्रचार-प्रसार समितिमा सरीता चौधरी, उदिराम चौधरी, हिरालाल चौधरी र सन्दिप चौधरी, भान्सा व्यवस्थापन समितिमा विष्णु चौधरी, राम कुमारी चौधरी र जंग बहादुर चौधरी छन् भने स्वयंसेवकमा सत्यनारायण चौधरी र गोपिलाल चौधरी रहनुभएको छ ।