
दाङ, ६ पुस । प्याव्सन तुलसीपुरले प्रावि स्तरिय हाजिरीजवाफ प्रतियोगिता गरेको छ । प्रतियोगितामा अमर इंलिस बोर्डिङ स्कुल कालाखोला प्रथम भएको छ । जसमा क्रिचप जिसी, आयुषा पोखरेल, सलिन जिसी रहनुभएको थियो ।
यस्तै प्रतियोगितामा आदर्श एकाडेमी दोस्रो भएको छ । जसमा एलबिना टण्डन, लोमश लामिछाने र संयक रेग्मी रहनुभएको थियो । यस्तै मेरीगोल्ड इंलिस बोर्डिङ स्कुल तृतीय भएको छ ।
जसमा सृष्टी बोहरा, गौरब कुमाल, मिलन पुन रहनुभएको थियो । यस्तै गोरखा स्कुल सान्तोना भएको छ । जसमा रिजन न्यौपाने, लप्सन भण्डारी र रिदिमा श्रेष्ठ रहनुभएको थियो ।
दाङ भ्याली मावि तुलसीपुरमा भएको प्रतियोगितामा प्याव्सनमा आवद्ध तुलसीपुरका विद्यालयबाट विद्यार्थीले सहभागीता जनाएका थिए । प्याब्सन तुलसीपुरका अध्यक्ष डम्बर डाँगीको अध्यक्षता तथा प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष बिजयमान जिएको प्रमुख आतिथ्यतामा हाजिरीजवाफ प्रतियोगिता गरिएको हो ।
त्यस अवसरमा प्रमुख अतिथि बिजयमान जिएमले हाजिरीजवाफ प्रतियोगिताले बालबालिकाको नयाँ-नयाँ कुराको खोजि गर्न प्रोत्साहन गर्ने बताउनुभयो ।
उहाँले बालबालिकाको सिकाइमा सकारात्मक प्रभाव ल्याउन यस्ता कार्यक्रमले महत्वपूणर् भूमिका खेल्ने बताउनुभयो । यस्तै कार्यक्रम संयोजक बिष्णु योगीले प्याब्सनले बालबालिकाको विद्यार्थीको चौतर्फी विकास गर्नका लागि अतिरिक्त कार्यक्रम गर्ने गरेको बताउनुभयो । कार्यक्रमको सहजीकरण सचिव कमल सापकोटाले गर्नुभएको हो ।