
दाङ,५ पुस । तुलसीपुरमा दुई मोटसाइकल एक आपसमा ठोक्किदा तीन जना घाइते भएका छन् ।
तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ प ३२१२ नम्बरकोे मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा ३ प ६०४४ नम्बरकोे मोटरसाइकल आज साँझ घोराही–तुलसीपुर सडक खण्ड अन्तरगत तुलसीपुर–१८ बिजौरीको डाँडागाउँमा एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।
दुर्घटनामा रा ३ प ६०४४ नम्बरकोे मोटरसाइकल चालक तुलसीपुर–७ पर्सेनीका २५ वर्षीय विराट शर्मा र पछाडि सवार उहाँका वुवा ५१ वर्षीय भोलानाथ शर्मा घाइत भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
घाइते दुबै जनाको तुलसीपुरको सिटि अस्पतालमा उपचार भैरहेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ पुष ५ गते शुक्रवार