२०८२ जेष्ठ २९ गते बिहिवार

देउखुरीमा माइक्रोबसको ठक्करबाट एक जना वृद्वा गम्भीर घाइते

देउखुरी, ४ पुस । दाङको देउखुरीमा माइक्रोबसको ठक्करबाट एक जना वृद्धा गम्भीर घाइते भएका छन् ।

आज साँझ छ बजेको समयमा राप्ती गाउँपालिका-५ सिसहनियाँ बजारमा बाटो क्रस गरिरहेका राप्ती गाउँपालिका वडा नम्बर ७ छोट्की सिसहनियाँका अन्दाजी ७० वर्षिय वृद्ध ठागुराम चौधरीलाई माइक्रो बसले ठक्कर दिँदा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

भालुवाङ देखि लमही जाँदै गरेको रा १ ख ८०३ नम्बरको माइक्रो बसले वृद्वालाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका वृद्धलाई सिसहनियाँ स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाएको इलाका प्रहरी कार्यालय सिसहनियाँले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८१ पुष ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस