२०८२ असार ८ गते सोमवार

दाङमा कारले मोटरसाइकल र पैदलयात्रीलाई ठक्कर दिँदा दुई जना घाइते


दाङ, ३ पुस । दाङमा कारले मोटरसाइकल र पैदलयात्रीलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

तुलसीपुर-हापुरे सडकखण्ड अन्तर्गत दंगिशरण गाउँपालिका-६ बागरमा आज दिउँसो एचआर २६ बिबि ७२६४ नम्बरको कारले पश्चिमबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ६ प ४७०७ नम्बरको मोटरसाइकल र एक जना पैदलयात्रीलाई ठक्कर दिएको हो ।

कारको ठक्करबाट दंगिशरण गाउँपालिका वडा नम्बर ६ का ४६ वर्षिय दल बहादुर वली र पैदल यात्री सोहि ठाउँका ५१ वर्षका प्रेम परियार घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

घाइते दुवै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुवै जनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । ठक्कर दिने कार र मोटरसाइकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८१ पुष ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस