
दाङ, ३ पुस । दाङमा भ्यान र स्कुटर ठोक्किदा एक महिलाको मृत्यु भएको छ । घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ हात्तिखौवा ओरालोमा भ्यान र स्कुटर लमही नगरपालिका वडा नं. ५ निवासी स्कुटरको पछाडी सवार ५० वर्षीया लिला भुसालको मृत्यु भएको हो ।
आज दिउँसो साढे १ बजेको समयमा घोराहीबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ च १३०० नम्बरको भ्यान र विपरित दिशाबाट जाँदै गरेको रा ७ प ११३५ नम्बरको स्कुटर आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा परी गम्भीर घाइते भएकी भुसालको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पौने २ बजेको समयमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
दुर्घटनामा गरी मृतकका छोरा स्कुटर चालक २७ वर्षीय निमलाल भुसाल घाइते हुनुभएको छ । उहाँको अवस्था सामान्य छ । भ्यान र स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।