![](https://ekapinews.com/wp-content/uploads/2024/12/lal-1300x1000.jpg)
दाङ, २१ मंसिर । दाङको तुलसीपुरमा रहेको ज्ञान दीप कलेजले पश्चिम नेपालकै उत्कृष्ट नतिजा ल्याउदै लुम्बिनी प्रदेश प्रथम भएको छ । त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको बिबिएस चौथो बर्षको नतिजामा ज्ञान दीप कलेजकी छात्रा पुष्पा भण्डारी उत्कृट नतिजा सहित लुम्बिनी प्रदेश प्रथम भएकी छिन् ।
बिबिएस चौथो बर्ष तर्फ ज्ञान दीप कलेजकी छात्रा पुष्पा भण्डारीले ८१ प्रतिशत अंक ल्याएर लुम्बिनी प्रदेश प्रथम गर्न सफल भएको कलेजका भाईस प्रिन्सिपल मनोज कुमार के.सी.ले जानकारी दिनुभयो । त्यस्तै भण्डारी सहित सोही संकायमा अध्ययनरत विद्यार्थीहरुले परीक्षामा उत्कृष्ट नतिजा ल्याएर उतिणर् हुन सफल भएका छन ।
यस कलेजले वि.वि.ए., वि.ए.सी.सीएसआईटि, वि.सी.ए, विएस्सी, वि.वि.एस. र वि.ए संकायमा अध्यापन गराउदै आएको छ । ज्ञान दीप कलेज दाङ जिल्लाकै उच्च ब्यबस्थापनका साथ सञ्चालन भैरहेको कलेजको रुपमा परिचित छ । विद्यालयले विभिन्न समय र संकायमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।