२०८१ माघ १ गते मङ्गलवार

दाङमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु


दाङ, १८ मंसिर । दाङमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भिर घाइते भएका छन् ।

घोराही-तुलसीपुर सडकखण्डको घोराही उपमहानगरपालिका-१० झारबैरा चोकमा टिप्परले मोटरसाइकललाई आज बेलुका पौने ७ बजेतिर ठक्कर दिँदा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका-१९ कुटीचौरका १९ वर्षीय सुदीप बुढाथोकीको मृत्यु भएको हो ।

टिप्परको ठक्करबाट गम्भिर घाइते भएका बुढाथोकीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी इश्वर थापाले बताउनुभयो ।

टिप्परको ठक्करबाट मोटरसाइकलको पछाडि सवार तुलसीपुर-१७ का २२ वर्षीय दीपक बस्नेत गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । उहाँको दाहिने खुट्टा र बाँया हातको औँलामा चोट लागेको छ ।

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख १२९१ नम्बरको टिप्परले सोही दिशामा जाँदै गरेको रा ७ प ७४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । घटनामा संलग्न टिप्पर चालक घोराही उपमहानगरपालिका-११, डोक्रेना बस्ने ४० वर्षीय जितबहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस