२०८१ मङ्सिर २३ गते आइतवार

प्याव्सन तुलसीपुरको नयाँ समिति चयन


दाङ, ७ मंसिर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) तुलसीपुरको अध्यक्षमा डम्बर डाँगी चयन हुनुभएको छ । नगरको आज तुलसीपुरमा भएको तेस्रो अधिवेशनबाट डाँगी अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।

यस्तै उपाध्यक्षमा बिष्णु योगी, सचिवमा कमल सापकोटा , कोषाध्यक्षमा युवराज डाँगी, सह -सचिवमा डम्बर बस्नेत, सह – कोषाध्यक्षमा राजकुमार गौतम चयन हुनुभएको छ ।

यस्तै सदस्यहरूमा मनोज हमाल, शरद देबकोटा, दिपेन्द्र डिसी र महिला सदस्यमा शीला अर्याल सर्वसम्मत हुनु भएको छ ।

प्याब्सन तुलसीपुरले आज तुलसीपुरमा छैठौं वार्षिक साधारणसभा तथा तेस्रो नगर अधिवेशन गरेको हो । प्याव्सन तुलसीपुरका अध्यक्ष गिरीराज डाँगीको अध्यक्षता तथा प्याव्सनका केन्द्रीय सचिव यादव गीरीको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो ।

त्यस अवसरमा केन्द्रीय सचिव गिरीले संस्थागत विद्यालयमा पछिल्लो समय शिक्षक व्यवस्थापन चुनौति बन्दै गएको बताउनुभयो । उहाँले दक्ष जनशक्ति बाहिरीन थालेकाले आगामी दिनमा थप चुनौति थपिने बताउनुभयो । उ

संस्थागत विद्यालयप्रति राज्यको दृष्टिकोण सकारात्मक बन्न नसकेको समेत बताउँदै उहाँले संस्थागत विद्यालयले विद्यार्थीलाई समय सुहाउँदो शिक्षा दिएको समेत बताउनुभयो ।

यस्तै सल्लाहकार नारायण प्रसाद अधिकारीले संस्थागत विद्यालयले १५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवहारिक नभएको बताउनुभयो । प्याव्सन दाङका अध्यक्ष मधुसुदन केसीले संस्थागत विद्यालयले विभिन्न चुनौति खेप्न बाध्य भएको बताउनुभयो ।

प्याव्सन दाङका सल्लाहकार रेशम बहादुर बुढा, एन प्याव्सनका केन्द्रीय सदस्य प्रकाश कुमार शर्माले संस्थागत विद्यालयबिच अस्वस्थ प्रतिष्पर्धा बढ्दै गएको भन्दै यसको अन्त्य हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा एन प्याव्सन दाङका उपाध्यक्ष ठाकुर डाँगी, तुलसीपुर नगर जेसिजका अध्यक्ष पूणर् बिक्रम डाँगी, प्याब्सन तुलसीपुरका सल्लाहकार अशोक कुमार शर्मा, अप्टीमिष्ट क्लब तुलसीपुरका अध्यक्ष एकराज भण्डारी लगाएतले मन्तव्य राख्नुभएको हो ।

त्यस अवसरमा गोर्खा बोर्डिङ स्कुलका प्रिन्सिपल बिजय जी.एम, हिमाल एकेडेमी तुलसीपुरका प्रिन्सिपल मधुसूदन केसी, न्यू स्टार इंग्लिस बोर्डिङ स्कुल बिजौरीका प्रिन्सिपल शरण जि.एमलाई दोसल्लासहित सम्मान गरिएको छ । उद्घाटन कार्यक्रमको सहजीकरण सचिव बिष्णु योगीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ मङ्सिर ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस