२०८१ फाल्गुन ६ गते मङ्गलवार

सावर्णि उपन्यासमा भावि सन्तानको चिन्ता

तुलसीपुर, १ मंसिर ।
साहित्यकार तथा वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर श्रिधर खनालद्वारा लिखित उपन्यास सावणर्िको तुलसीपुरमा बिमर्श तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

लेखक खनालले उपन्यासमा अबको भावि पुस्ताको बारेमा चिन्ता रहेको जानकारी दिनुभयो। प्रबिधिको तिव्र विकाससंगै मानिस आफैले निर्माण गरेका विभिन्न प्रबिधिबाट आफै लोप हुने अवस्थामा रहेको बिषयलाई प्रमुखताका साथ उठाईएको बताउनुभयो । यहि किसिमले समाज अगाढि बढे यान्त्रिक हुने सम्भावना बढ्दो रहेको बताउनुभयो ।

आफ्नो भन्दा भावि सन्ततिको चिन्ता गर्नुपर्ने उपन्यासको मुख्य सार रहेको उहाँले बताउनुभयो । पुष्पन हेल्थ फाउनडेसन नेपालका अध्यक्ष पुष्पराज रिजालको अध्यक्षतामा भएको कार्यक्रममा बालरोग विशेषज्ञ डाक्टर किशोर खत्री, उप्राध्यापक बासुदेव रिजाल, राप्ती प्रादेशिक अस्पतालका पुर्व मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बिनोद सिहं, संगित बस्याल लगाएतले संसारको नियन्त्रण, सञ्चालन तथा बालबालिका र प्रबिधि बिचको सम्वन्धको शन्देश महत्वपूणर् रहेको बताएका थिए ।

अस्तितव फाउन्डेसनका अध्यक्ष समेत रहेका लेखक खनालले उपन्यास विक्रीबाट प्राप्त रकमबाट मुनाफा रकमले क्यान्सरवाट पिडित बालबालिकालाई निशुल्क उपचार गरिने बताउनुभयो । फाउन्डेसनमा अहिले २० जना बालबालिकालाई नियमित उपचार भैरहेको छ ।

जीवन भण्डारीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजिकरण साहित्यकार तथा मेट्रो कलेजका प्रमुख बसन्त आचार्यले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ मङ्सिर १ गते शनिवार
प्रतिक्रिया दिनुहोस