२०८१ मङ्सिर २३ गते आइतवार

काठमाडौँबाट रुकुम पश्चिम जाँदै गरेको बस दुर्घटना


रुकुम, १ मंसिर । रुकुम पश्चिममा बस दुर्घटना हुँदा नौं जना घाइते भएका छन् । काठमाण्डौबाट रुकुम पश्चिमको राडीका लागि छुटेको बस आठबिसकोट नगरपालिका-११ रिठामा दुर्घटना हुँदा नौ जना घाइते भएका हुन् ।

ब्स दुर्घटनामा धादिङ खाग्री गाउँपालिका-१ का ३१ वर्षीय चालक खड्कबहादुर तामाङ, खाग्री गाउँपालिकाकै वडा नम्बर ६ का २८ वर्षीय भीमबहादुर भुलन, रुकुम पश्चिमको आठबिसकोट-९ का ३१ वर्षीय प्रकाश गौतम, दोलखा भिमेश्वर नगरपालिका-७ का २६ वर्षीय प्रकाश मगराठी घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो ।

यस्तै आठबिसकोट-११ का १७ वर्षीय गणेश रसाइली, जाजरकोट नलगाड नगरपालिका-८ का ४५ वर्षीया भीमकुमारी चँदारा, उहाँको १० वर्षीय छोरा मानबहादुर चँदारा, मोरङ खेरुवा नगरपालिका-५ का २८ वर्षीय आकाश काफ्ले र जाजरकोट नलगाड-१२ की २५ वर्षिया किसङकुमारी विक रहेका छन् ।

घाइते सबैको नगर अस्पताल राडीमा उपचार भइरहको प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो ।

प्रदेश ३-०१ ००५ ख ९९६६ नम्बरको बस आज भेरी करिडोरअन्तर्गत रिठा नजिकै दुर्घटना भएको हो । बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १ गते शनिवार
प्रतिक्रिया दिनुहोस