२०८१ फाल्गुन ६ गते मङ्गलवार

दुर्घटना अपडेट : सत्र किलोमा बस र माइक्रो ठोक्किँदा पाँच जनाको मृत्यु


चितवन, २३ कार्तिक । चितवनमा बस र माइक्रो ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । नारायणगढ-मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा आज बिहान माइक्रोबस र बस ठोक्किँदा ५ जनाको मृत्यु भएको हो । घाईतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा प्र ०६-००१ ज ०२९८ नम्बरको विद्युतीय माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ३-००१ ख २८१२ नम्बरको बस ठोक्किएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले बताउनुभयो ।

दुर्घटनामा माइक्रोका चालक अन्दाजी ४० वर्षीय पुरूष, सोही गाडीमा सवार गोरखा आरूघाट गाउँपालिका-१ मान्बु बस्ने ४० वर्षीय राजबहादुर गुरूङ, अन्दाजी ४० वर्षीया महिला, ३२ वर्षीया पुरूष र ३५ वर्ष वर्षीय पुरूषको मृत्यु भएको छ ।

नाम ठेगाना नखुलिसकेका तीनै जना माइक्रोबसका यात्रुहरू रहेको डिएसपी रिजालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ कार्तिक २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस