२०८३ भाद्र ७ गते आइतवार

आज बिहानै बस र इभी हायस ठक्कर खाँदा चारजनाको मृत्यु

चितवन, २३ कार्तिक । चितवनको नारायणघाट मुङ्लिङ सडक खण्डमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

मुङ्लिङबाट नारायणघाटतर्फ जाँदै गरेको इभी हायस र नारायणघाटबाट मुङलिनतिर आउँदै गरेको बस आज बिहान ३ बजे आपसमा जुध्दा हताहत भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा छ जना घाइते भएका छन् । दुई जनाको अवस्था गम्भीर छ । मृत्यु हुनेमा गोरखा आरुघाटमा ४१ वर्षीय राजबहादुर गुरुङको परिचय खुलेको र अन्य तीन जनाको सनाखत भैनसकेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई उपचारको लागि भरतपुर अस्पताल लगिएको छ । हायसका चालकको उपचार भैरहेको छ भने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस