तुलसिपुर १८ कार्तिक ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा रहेकाे नयाँ पाइला पुर्नस्थापना केन्द्रमा संयुक्तरुपमै भाइटीका कार्यक्रम सम्पन्न भएकाे छ । केन्द्रमा रहेका उपचारार्थीहरुका लागि संस्थामै भाइटीका कार्यक्रमकाे व्यवस्थापन गरेकाे संस्थाका कार्यकारी निर्देशक सुरेश भुसालले जानकारी दिनुभयाे ।
केन्द्रमा १२ जना दिदिबहिनीहरु संस्थामै आइ दाजुभाइ र दिदीबहिनीसँग भाइटीका कार्यक्रम सम्पन्न गरेका हुन् । संस्थाले जनैपूर्णिमा,दशै,तिहारजस्ता पर्वहरुमा संयुक्तरुपमै कार्यक्रम गरी मनाउँदै आएकाे निर्देशक भुसालले बताउनुभयाे ।
टीका लगाइदिन राेल्पा,सल्यान जिल्लाबाट समेत दिदीबहिनी आएकाे निर्देशक भुसालले बताउनुभयाे । हाल ३२ जना उपचारार्थी रहेका छन् ।
प्रकाशित मिति : २०८१ कार्तिक १८ गते आइतवार