२०८२ असार ३ गते बुधवार

देउखुरीमा टिप्पर र मोटसाइकल ठोक्किए, मोटरसाइकल चालकको मृत्यु

दाङ,१३ कार्तिक । दाङको देउखुरीमा टिप्पर र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

लमही–भालुवाङ सडक खण्ड अन्तरगत राप्ती गाउँपालिका–५ दोलाईखोला पुलको पुर्वतर्फ भएको दुर्घटनामा मोटरसाइकल चालक मुगुको स्वरू गाउँपालिका–६ बस्ने अन्दाजी वर्ष २५ का चित्रबहादुर शाहीको मृत्यु भएको हो ।

आज बेलुका पौने ५ बजेको समयमा पश्चिमबाट पुर्व जाँदै गरेको रा १ ख १९९८ नम्बरको टिप्पर र पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ६५ प ६६३३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका शाहीको सिसहनियाँ स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिप्पर र चालकलाई इलाका प्रहरी कार्यालय भालुवाङले आफ्नो निमन्त्रणा लिएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस