२०८२ असार २८ गते शनिवार

ज्ञानज्योति माविले पायो वर्ष उत्कृष्ट विद्यालय अवार्ड


दाङ, ९ कार्तिक । तुलसीपुरमा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयलाई यसवर्ष उत्कृष्ट विद्यालय अवार्डबाट सम्मानित गरिएको छ । अस्ट्रेलियामा हालै सम्पन्न नेपाल एजुकेसन अवार्ड अस्ट्रेलिया २०२४ मा विद्यालयले हासिल गरेको उत्कृष्ट नतिजाको आधारमा यो सम्मान प्रदान गरिएको हो ।

ज्ञानज्योति विद्यालयका एकेडेमिक कोर्डिनेटर शरद गौतमले उक्त अवार्ड ग्रहण गर्नुभएको हो । विद्यालयले देशभरका विद्यालयहरूमध्ये उत्कृष्ट ७ औं स्थानमा पर्न सफल भएको हो । कार्यक्रममा देशका विभिन्न विद्यालय प्रमुख तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

विद्यालयका प्रिन्सिपल सुरेन्द्र जिसीले विद्यालयको निरन्तर उत्कृष्ट नतिजाको प्रमुख कारण कुशल नेतृत्व, सबल व्यवस्थापन, दक्ष र अनुभवी शिक्षकहरूको साथ साथै अनुशासित, लगनशील र क्षमतावान विद्यार्थीहरूको मेहनत रहेको बताउनुभयो ।

ज्ञानज्योति एजुकेसन फाउन्डेसन अन्तर्गत दाङ जिल्लामा १४ वटा विद्यालयहरू उच्च व्यवस्थापनका साथ सञ्चालनमा छन् । सोही कार्यक्रममा ज्ञानदीप कलेजले पनि नेपाल एजुकेसन अवार्ड २०२४ प्राप्त गरेको हो ।

प्रकाशित मिति : २०८१ कार्तिक ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस