२०८१ मङ्सिर २३ गते आइतवार

बंगलाचुलीमा टिपर १ सय मिटर तल खस्यो, चालकको मृत्यु

दाङ,२ कात्तिक । दाङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी गढवा गाउँपालिका -७ निवासी प्रभु चौधरीको मृत्यु भएको हो ।

चुनढुँगा लिन जान लगेको टिपर घोराही – तापा सडक खण्ड अन्तर्गत जुम्लेपानीमा भने ठाउँमा रा १ ख १८५७ नम्बरको टिपर सडक देखि करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी इश्वर थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ कार्तिक २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस