
आज २०८१ साल कात्तिक १ गते बिहीबार तदनुसार सन् २०२४ अक्टोबर १७ तारिख। आश्मिन शुक्ल पक्षको पूर्णिमा तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ईकापी न्यूजका लागि ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको फलादेशः
मेष राशि
प्रतिस्पर्धामा कमजोर बनिएला। सामान चोरी हुने या हराउने हुन सक्छ। वादविवाद वा झमेलामा परिएला। आफन्तसँग मनमुटाव होला। बेलुकाको समय भने सकारात्मक हुनेछ। काम गर्दा विशेष ख्याल गर्नु होला।
वृष राशि
यात्राको अवसर प्राप्त होला। दीर्घकालीन फाइदाका कार्यमा सहभागी भइएला। नयाँ-नयाँ कार्यका अवसरहरू प्राप्त हुनेछन्। हर्ष, उल्लास छाउला। व्यवसाय राम्रो रहनेछ। तपाईंको कार्यको प्रशंसा बढ्नेछ। वाणीमा मधुरता छाउनेछ।
मिथुन राशि
बुद्धिको प्रयोगले गरिएका कार्यले सफलता पाउनेछन्। अधुरा कार्य पुन: सुचारु होलान्। आर्थिक उन्नति होला। घुमफिर र रमाइलो छोटो यात्रा हुनेछ। बौद्धिकता वृद्धि हुनेछ। एउटै कामद्वारा दोहोरो लाभ उठाउन सकिनेछ।
कर्कट राशि
धर्मकर्ममा मन जानेछ। सामाजिक कार्यमा मन जानेछ। सभा-समारोहमा सहभागी भइएला। जटिल र रोकिएका कार्य पुन: सुचारु हुनेछन्। स्वास्थ्यमा भने अलिक ध्यान दिनु पर्ला।
सिंह राशि
आज हरेक काम गर्दा बुद्धिको प्रयोग गर्नुहोला। कार्यमा बाधा अड्चन आउन सक्छ। अनेक विचार मनमा उत्पन्न हुनाले मन खिन्न होला। पारिवारिक वा दाम्पत्य जीवनमा नैराश्यता छाउला। व्यवसायमा भने केही सफलता मिल्नेछ।
कन्या राशि
पारिवारिक प्रेम बढ्नेछ। रोकिएका कार्यहरूले तीव्रता पाउनेछन्। मन प्रसन्न हुनेछ। भूमि सम्बन्धी अधुरा कार्य सफल होलान्। न्यायिक सफलता पनि मिल्नेछ। स्वास्थ्यमा भने ख्याल राख्नु होला।
तुला राशि
अनेक अवसरहरू प्राप्त हुनाले मनमा हर्ष उल्लास छाउला। सफलताले तपाईंलाई पछ्याउनेछन्। मान सम्मान बढ्नेछ। धार्मिक कृत्यमा सरिक भइएला। दिन प्रेमिल हुनेछ। सफल यात्राको योग रहला।
वृश्चिक राशि
साहसिक निर्णयले कार्य सफल हुनेछन्। दाम्पत्य जीवनमा खुसीयाली छाउनेछ। प्रेमीप्रेमिकाबीच सुमधुर सम्बन्ध बन्नेछ। सफल यात्राको सम्भावना रहेको छ। पारिवारिक सहयोगले नसोचेका कार्यहरू सहजै सफल हुनेछन्।
धनु राशि
मनमा दोधारेपन उत्पन्न होला। दबाव एवं तनाव भएको महसुस हुनेछ। कार्यहरू ठप्प हुने सम्भावना रहेको छ। जिद्दीपनाले काम बिग्रन सक्छ। धन खर्च होला। बेलुकापछि केही समय सुध्रनेछ।
मकर राशि
धार्मिक कर्ममा मन जाला। बौद्धिक कार्यमा सफलता मिल्नेछ। आत्मविश्वास र साहसिक निर्णयले जीवनमा परिवर्तन ल्याउनेछ। व्यवसायिक सफलता मिल्नेछ। शेयर बजारमा भने लगानी गर्दा ख्याल गर्नु होला, त्यति शुभ छैन।
कुम्भ राशि
सामाजिक एवं व्यवसायिक क्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछन्। अधुरा र लामो समयदेखि रोकिएका कार्य पुन: सुचारु हुनेछन्। आर्थिक पक्ष बलियो हुनेछ। सामाजिक कार्यमा मन जानेछ। तपाईंको आज प्रशंसा बढ्नेछ।
मीन राशि
आज दिन रमाइलोसँग बित्नेछ। पारिवारिक सद्भावमा मिठास आउला। स्वास्थ्यमा ख्याल राख्नु पर्ला। स्वादिष्ट भोजन प्राप्त होला। तपाईंको वाणीकै कारण कार्य सम्पादनमा सहजता छाउनेछ।
ज्योतिषी तथा वास्तु विद्
माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन दाङ
फोन नं. ९८४८०६०७९९