
दाङ, २९ असोज । दशैँ टिकाको चौथो दिन आज पनि दसैँको टीका लगाइदै छ । दशैँको दिन टिका थाप्न नभ्याएकाहरुले आज पनि टिका लगाउन लगाउन लागेका हुन् ।
नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।
यसैबिच दशैँ मनाउनका लागि गाउँघर गएकाहरु कर्मथालोमा फर्किने क्रम शुरु भएको छ । आजदेखि सरकारी कार्यालय खुल्ने भएका कारणले पनि विभिन्न पेशा व्यवसायमा आवद्ध नागरिकहरु फर्किएका छन् । दशैँ मनाएर फर्किन थालेसंगै बजारमा चहलपहल बढ्दै गएको छ ।
प्रकाशित मिति : २०८१ असोज २९ गते मङ्गलवार