
दाङ, २८ असोज । बडादशैँ टीकाको आज तेस्रो दिन । दशमीको दिन र हिजो टीका थाप्न नभ्याएकाले आज पनि टिका लगाउँदै छन् ।
कोजाग्रत पूर्णिमाको दिन फुलपाती नसेलाउन्जेलसम्म टीका लगाउने चलन रहेको छ । आजको दिनमा पनि घरघरमा टीका थाप्न जानेहरुको विशेष चहलपहल रहन्छ ।
देशका कतिपय स्थानमा भने विजयादशमीको दिन मात्रै टिका थाप्ने चलन छ । तर अधिकांश स्थानमा आज पनि आफन्त तथा मान्यजनकहाँ गइ आर्शीवाद ग्रहण गर्दै दसैँ मनाइदै छ ।
प्रकाशित मिति : २०८१ असोज २८ गते सोमवार