२०८१ फाल्गुन ६ गते मङ्गलवार

तुलसीपुर होटल व्यवसायी समितिको दशैँ मिलन


दाङ, २३ असोज । तुलसीपुर होटल व्यवसायी समितिले दशैमिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । समितिले आज तुलसीपुरमा दशैमिलन तथा शुभकामना आदानप्रदान कार्यक्रमसंगै तुलसीपुर भर्खरै आउनुभएका ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीलाई स्वागत समेत गरेको हो ।

त्यस अवसरमा डिएसपी ठकुरीले तुलसीपुरको शान्ति सुरक्षाका लागि प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले कुनै पनि अपराधिक गतिविधि नियन्त्रणका लागि नागरिकको समेत सहयोग आवश्यक पर्ने बताउनुभयो । उहाँले होटल व्यवसायीले पनि प्रहरीलाई सहयोग गर्नुपर्ने बताउनुभयो । समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेको अध्यक्षता तथा डिएसपी ठकुरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा होटल व्यवसायी समिति तुलसीपुरका सल्लाहकार नेत्रलाल वली, प्रगतिशिल टोल विकास संस्थाका अध्यक्ष अतिराम विष्ट लगायतले होटल व्यवसायलाई मर्यादित बनाउन प्रहरीको सहयोग आवश्यक रहको भन्दै चाडपर्वको बेलामा ९ बजेसम्म सहजरुपमा व्यवसाय गर्न पाउनुपर्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण समितिका सल्लाहकार प्रेमप्रकाश मल्लले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ असोज २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस